
म्यानमारको सैन्य सरकारले ७ हजार १२ जना कैदीहरूलाई रिहा गर्ने भएको छ । जुन्ता प्रमुखले आफ्नो राष्ट्रको स्वतन्त्रता दिवस मनाउन आममाफी अन्तर्गत सो निर्णय लिएका हुन् ।
प्रजातान्त्रिक ढंगले निर्वाचित सरकालाई करिब दुई वर्षअघिअपदस्थ गरेपछि दक्षिण पूर्वी एसियाली देशले अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गरेको छ । सरकारलाई अपदस्थ गरेपछि नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकी घरमै नजरबन्दमा छिन् ।