१३ साउन २०८३, बुधबार

डाक्टरले मृत घोषणा गरेकी ८१ वर्षीया महिलालाई मसानघाट लैजाँदा आँखा खोलेपछि ...

पुस २१, २०७९
डाक्टरले मृत घोषणा गरेकी ८१ वर्षीया महिलालाई मसानघाट लैजाँदा आँखा खोलेपछि ...

डाक्टरले चेकजाँच गरेर मृत घोषणा गरिसकेका व्यक्ति जीवित हुने सम्भावना हुँदैन तर भारतको उत्तर प्रदेशस्थित फिरोजाबादमा अनौठो घटना भएको छ ।

मस्तिष्कघात भएर बेहोस भएकी ८१ वर्षीया हरिभेजी सिंहलाई डाक्टरले मृत घोषणा गरेपछि परिवारजनले अन्तिम संस्कारका लागि मसानघाटतिर लैजान खोजे । तर यति नै बेला ती महिलाले आँखा खोलिन् । त्यसपछि परिवारजनले उनलाई घर फर्काए ।

चिकित्सकले उनको मस्तिष्ट र मुटुले काम गर्न छाडेको भन्दै मृत घोषणा गरेका थिए । यससँगै टाढा–टाढा रहेका आफन्तलाई पनि मृत्युको सूचना दिइएको थियो । बाटोमा लैजाँदा उनले आँखा खोलेपछि आफन्तले डाक्टरप्रति आक्रोश पोखेका थिए ।

अस्पतालबाट ल्याएर जिउँदो फर्किए पनि उनको बुधवार मृत्यु भयो । बुधवार साँझ उनको अन्तिम संस्कार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । डाक्टरले उनलाई मंगलवार नै मृत घोषणा गरे पनि बुधवार मात्रै उनको निधन भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्