१४ असार २०८३, आइतबार

७८ वर्षमा नागरिकता प्रमाणपत्र

७८ वर्षमा नागरिकता प्रमाणपत्र
प्रतिकात्मक तस्वीर

सोलुखुम्बु जिल्लाका एक वृद्धले ७८ वर्षको उमेरमा नागरिकता प्रमाणपत्र पाएका छन् ।

विक्रम संवत् २००१ चैत ३ गते जन्मिएका सोताङ गाउँपालिका–१ का शुक्रबहादुर राईले ७८ वर्षको उमेरमा जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

आफन्त सबै गुमेकाले एक्लो रहँदै आएका उनी सनाखत गर्ने व्यक्ति समेत नहुँदा नागरिकता पाउनबाट वञ्चित भएकामा जनप्रतिनिधिको पलहमा नागरिकता बनाए । थुलुङ दूधकोसी गाउँपालिका–५ का पूर्व वडाध्यक्ष प्रेमकुमार राई, वर्तमान वडाध्यक्ष चन्द्रबहादुर राई र सोताङ गाउँपालिका–१ का वडाध्यक्ष जङ्ग गुरुङको पहलमा नागरिकता उपलब्ध गराइएको थियो । राई १ वर्षकै उमेरदेखि जिल्लाको थुलुङ दूधकोसी गाउँपालिका–५ जुबुमा अर्काको जग्गामा बस्दै आएका वडा कार्यालयका कम्प्युटर अपरेटर जेपी थुलुङको भनाइ थियो ।

जुबुका दोर्जे राईको जग्गामा डेरा बनाइ बसिरहेका उनी नागरिकता नभएकै कारण सरकारबाट प्राप्त हुने सेवा तथा सुविधाबाट वञ्चित हँुदै आएकामा अब भने सामाजिक सुरक्षा भत्ताका लागि आवश्यक प्रक्रिया समेत शुरू गरिएको वडाअध्यक्ष चन्द्रबहादुर राईले बताए ।

salt training

कमेन्ट गर्नुहोस्