१० असार २०८३, बुधबार

नेपाल विज्ञापन संघको २३औँ  साधारणसभा

नेपाल विज्ञापन संघको २३औँ  साधारणसभा

नेपाल विज्ञापन संघको २३औँ वार्षिक साधारणसभा पुस १९ गते मंगलवार काठमाडौंमा सम्पन्न भएको छ । सोमप्रसाद धितालको अध्यक्षता, सञ्चार तथा सूचना प्रविधि सचिव डा. बैकुण्ठ अर्यालको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । 

बिहान बन्दसत्रबाट शुरु भएको साधारणसभालगत्तै विज्ञापन, उद्धेश्य, उपलब्धी र अपेक्षा विज्ञापन साझा जिम्मेवारीको बारेमा अन्तरक्रिया गरिएको थियो । पहिलो सत्रको सहजीकरण अध्यक्ष सोमप्रसाद धिताल र प्यानलिष्ट विज्ञापन बोर्डको अध्यक्ष लक्ष्मण हुमागाई र दोस्रो सत्रको सहजीकरण आनका सल्लाहकार रन्जितराज आर्चाय र प्यानलिष्टहरूमा मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेल, मिडिया एलायन्सका अध्यक्ष भाष्करराज राजकर्णीकार, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्याल प्यानलिष्ट थिए । 

उक्त कार्यक्रममा सघंका सदस्य एजेन्सीहरूबाट विज्ञापन उद्योग ऐन नियम कार्यविधि आचारसंहिताको बारेमा विभिन्न जिज्ञासा र प्रश्नहरू राखेका थिए । 

उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा अतिथिहरूमा संघका पूर्वअध्यक्षहरु तथा पदाधिकारीहरू, विज्ञापन बोर्डका प्रतिनिधिहरू र विभिन्न संघ–संस्था, सरकारी निकायको उपस्थिति थियो । 

कार्यक्रमको अध्यक्षता गर्दै अध्यक्ष सोमप्रसाद धितालले विज्ञापन क्षेत्रमा रहेका यावत समस्याहरूको बारेमा सभालाई जानकारी गराउँदै मन्त्रीलाई समस्या समाधानमा विशेष पहल गरिदिन अनुरोध गरे । 

संघका पूर्वअध्यक्ष भाष्करराज राजकर्णीकारले विज्ञापन व्यवसायसम्बन्धी समस्या, चुनौती र समाधानको विषयमा उजागर गरे । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुँमागाईले बोर्डबाट काम भइरहेको र धैर्य गर्न आग्रह गरे । 

कार्यक्रममा विशेष अतिथिको रूपमा बोल्दै उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विज्ञापन नीति आवश्यक रहेको बताए । सञ्चार तथा सूचना प्रविधि सचिव डा. बैकुण्ठ अर्यालले यस क्षेत्रका समस्याहरू लिखित रूपमा जानकारी गराउन अनुरोध गर्दै बजार अनुसन्धान गर्न आवश्यक रहेको बताए । 

उद्घाटन सत्रको समापन गर्दे  अध्यक्ष सोमप्रसाद धितालले विज्ञापन बोर्डले विज्ञापन उद्योगको विकासमा जोडदार माग गरे । साथै आनले सम्मान कार्यक्रम सम्मान कार्यक्रम आरम्भ गरेको र आजको यस सम्मान कार्यक्रममा नपरेका  भए पनि सबै उद्यागी व्यवसायीको ठूलो योगदान रहेको बताए । 

करिब दुई घण्टा चलेको उद्घाटन सत्रमा नेपालका प्रतिष्ठित अन्तर्राष्ट्रिय र राष्ट्रिय कम्पनीहरूलाई उहाँहरूबाट विज्ञापन क्षेत्रमा निरन्तर पु¥याएको योगदानको कदर गर्दै विज्ञापनदातातर्फ चौधरी ग्रुप, एनसेल आजिएटा, डावर नेपाल, बोटलर्स नेपाल लिमिटेड (कोकाकोला), शंकर ग्रुप, जाउलाखेल गु्रप अफ इन्डष्ट्रिज, एनआइसी एसिया बैक लिमिटेड, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र  विज्ञापन एजेन्सीतर्फ मेकवेज, आउटरिच नेपाल, थम्पसन नेपाललाई कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि सचिव डा. बैकुण्ठ अर्याल, उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र संघका अध्यक्ष सोमप्रसाद धिताल संयुक्त रुपमा सम्मानित सस्थाका प्रतिनिधिहरूलाई अर्वाडबाट सम्मान गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्