![साइकल पछाडि बसेकी बहिनी नखसून् भनेर यस्तो जुक्ति [भिडियो]](https://lktcdn2.prixacdn.net/media/cycle_JLhpq5r8ce.jpg)
सानै उमेरका भाइबहिनी कतिबेला झगडा गर्छन् त कतिबेला मिलेर बस्छन् । जेसुकै भए पनि भाइबहिनीबीच अगाध स्नेह हुन्छ ।
सामाजिक सञ्जाल ट्विटरमा यतिबेला यस्तै एक भिडियो भाइरल भइरहेको छ, जसमा दाइले बहिनीको ख्याल राख्दै नयाँ जुक्ति निकालेका छन् ।
बहिनीलाई साइकल पछाडिको सिटमा राखेर गइरहेका दाइले बहिनी नखसून् भनेर बहिनीको खुट्टा साइकलमा बाँधेका छन् । २२ सेकेन्डको भिडियोमा दाइको जुक्ति देख्न पाइन्छ ।
भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियो कहाँको हो भन्ने खुलेको छैन ।
हेर्नुहोस् भिडियो –
Brother's Love pic.twitter.com/rATH1A83my
— Urdu Novels (@urdunovels) January 2, 2023