१८ असार २०८३, बिहीबार

‘गुञ्जन’ निर्माताको घोषणा – फिल्म मन नपरे टिकटको पैसा फिर्ता दिन्छु

‘गुञ्जन’ निर्माताको घोषणा – फिल्म मन नपरे टिकटको पैसा फिर्ता दिन्छु

पुसको २९ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म हो, ‘गुञ्जन’ । बिहीवार राजधानीमा एक कार्यक्रमकाबीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ ।

सारा सिर्पाइली, प्रितमराज सेञ्चुरी, कबिर खड्का लगायतको अभिनय रहेको चलचित्र लभस्टोरी जनरामा निर्माण भएको हो । 

फिल्म राम्रो बनेको भन्दै दर्शकले रुचाउनेमा निर्माण टिम आशावादी छ ।

फिल्म निर्माताले ‘गुञ्जन’ दर्शकहरुलाई मन नगरे टिकटको पैसा फिर्ता दिने समेत घोषणा गरेका छन् । 

‘यदि, फिल्म मन परेन भने दर्शकले तपाईँको फिल्म मन परेर भनेर मलाई भन्नुपर्यो । त्यसका लागि मेरो नम्बरमा फोन गर्न सक्नुहुन्छ’ निर्माता हिराकृष्ण शाहीले घोषणा गर्दै भने, ‘म मन नपर्नुको केही कारण पक्कै पनि सोध्नेछु । त्यसपछि दर्शकले काटेको टिकटको सबै पैसा फिर्ता गर्नेछु ।’ 

उनले फिल्म राम्रो बनेको भएकाले आफूले निर्धक्कका साथ यो कुरा बोलेको बताएका छन् ।

महेश दवाडीको लेखन, हिराकृष्ण शाही र सुनिता शाहीको निर्माण रहेको फिल्मलाई अष्टमान महर्जनले निर्देशन गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्