०२ साउन २०८३, शनिबार

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल बंगलादेश प्रस्थान

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल बंगलादेश प्रस्थान

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष एवम् पूर्वमन्त्री ईश्वर पोखरेल बंगलादेशको ढाका प्रस्थान गरेका छन् । बंगलादेशको क्रान्तिकारी श्रमिक पार्टीको १० औं महाधिवेशनमा भाग लिन एमालेको तर्फबाट अतिथिका रुपमा सहभागी हुन उनी बिहीबार त्यता प्रस्थान गरेका हुन् ।

उनको सचिवालयले दिएको जानकारी अनुसार आज शुक्रबार हुने महाधिवेशनको उदघाटनसत्रमा अतिथिको रुपमा सम्बोधन गर्नेछन् । पोखरेलसँगै नेकपा (एमाले) विदेश विभाग सदस्य डा. दीपेन्द्र श्रेष्ठ पनि सहभागी छन् । वरिष्ठ उपाध्यक्ष पोखरेल कार्यक्रम सम्पन्न गरी शनिबार नेपाल फर्कनेछन् ।  

salt training

कमेन्ट गर्नुहोस्