०७ असार २०८३, आइतबार

मर्मतपछि मनकामना केबलकार आजदेखि सञ्चालनमा

मर्मतपछि मनकामना केबलकार आजदेखि सञ्चालनमा
प्रतिकात्मक तस्वीर

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म पुग्ने मनकामना केबलकार शुक्रवारदेखि पुनः सञ्चालनमा आएको छ ।

विद्युत् आपूर्तिमा भएको समस्याका कारण प्यानल बोर्डमा क्षति पुगेर बन्द भएको केबलकार ११ दिनपछि नियमित सञ्चालनमा आएको हो । 

केबलकार निर्माता कम्पनी अस्ट्रियाको डोपलमेयर कम्पनीबाट प्राविधिकसहित सामान झिकाएर केबलकार मर्मत गरी सञ्चालनमा ल्याइएको सञ्चालक राजेशबाबु श्रेष्ठले जानकारी दिए । बिहीवार राति मर्मतको काम सम्पन्न भएकाले शुक्रवार बिहानैदेखि केबलकार सञ्चालनमा ल्याइएको उनले बताए ।

विद्युत् आपूर्तिमा भएको गडबडीले क्षति पुगेको केबलकारको प्यानल बोर्ड नै परिवर्तन गर्नुपरेको श्रेष्ठले बताए ।

सामान जडान गरेर परीक्षण गरेपछि केबलकार नियमित सञ्चालनमा आएको स्टेसन म्यानेजर उज्ज्वल शेरचनले जानकारी दिए । पुस ११ गते प्यानल बोर्डमा आगलागी भएलगत्तै पुस १२ गते मंगलवारदेखि मनकामना केवलकार पूर्णरूपमा बन्द भएको थियो ।

बन्द भएको ११ दिनपछि केबलकार सञ्चालनमा आएपछि केबलकार चढेर मनकामना मन्दिर जाने भक्तजनको घुइँचो लागेको छ । 

salt training

कमेन्ट गर्नुहोस्