१५ असार २०८३, सोमबार

अफगानिस्तानबाट तेल उत्खननका लागि तालिबानसँग चीनले गर्‍यो सम्झौता

पुस २२, २०७९
अफगानिस्तानबाट तेल उत्खननका लागि तालिबानसँग चीनले गर्‍यो सम्झौता

अफगानिस्तामा सत्तारूढ तालिबानले देशको उत्तरी भागमा रहेको अमु दरियाबाट तेल उत्खनन गर्नका लागि एक चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ । 

देशको जर्जर अर्थतन्त्रलाई उकास्नका लागि यो सम्झौता गरिएको हो । 

चीनको सिन्ज्याङ सेन्ट्रल एसिया पेट्रोलियम यान्ड ग्यास कोले तालिबानसँग सम्झौता गरेको हो । सन् २०२१ मा सत्ता हातमा लिएयता तालिबानले गरेको ऊर्जा उत्खननसम्बन्धी यो प्रमुख अन्तर्राष्ट्रिय सम्झौता हो । 

यो सम्झौता काबुलमा गरिएको हो । सम्झौता समारोहमा तालिबानका अर्थ राज्यमन्त्री मुल्ला अब्दुल गनी बारादर र अफगानिस्तानका लागि चिनियाँ राजदूत वाङ यु उपस्थित थिए । 

बारादरले यो सम्झौता अफगानिस्तानको हितमा रहेको बताए । यसले देशको अर्थतन्त्रलाई बलियो बनाउने उनको भनाइ छ । 

‘प्राकृतिक स्रोतको सवालमा अफगानिस्तान धनी मुलुक हो । यहाँ अन्य खनिजका अलावा तेल पनि छ जसमा देशको अर्थतन्त्र निर्भर रहन सक्छ,’ बारादरले बताए । 

सम्झौताबमोजिम चिनियाँ कम्पनीले वर्षको १५ करोड डलरसम्म लगानी गर्नेछ । यो तीन वर्षमा बढेर ५४ करोड डलर पुग्नेछ । यस परियोजनाले तीन हजार अफगानीहरूलाई रोजगारीको अवसर दिलाउने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्