१० असार २०८३, बुधबार

बाढीका कारण अर्बौंको नोक्सानी

कात्तिक २०, २०७४
बाढीका कारण अर्बौंको नोक्सानी

भद्रपुर, १ भदौ - हालै आएको बाढीका कारण झापामा कृषि क्षेत्रमा रु एक अर्ब छ करोड ८८ लाख ५५ हजार बराबरको नोक्सानी भएको छ ।

       धानबालीतर्फ रु ८८ करोड ५५ लाख, माछापालनतर्फ रु पाँच करोड ६८ लाख ७५ हजार, रबरखेतीतर्फ रु चार लाख ८० हजार र तरकारीबालीतर्फ रु १२ करोड ६० लाख बराबरको नोक्सानी भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगीले बताउनुभयो ।

       बाढीबाट सात हजार २६६ हेक्टर जग्गामा लगाइएको बालीनालीमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । जिल्लाभरि क्षति बढ्न सक्ने बताइएको छ । बाढीले  मेचीनगर, अर्जुनधारा, बिर्तामोड, भद्रपुर, कन्काई, शिवसत्ताक्षी, दमक, गौरादह नगरपालिका तथा  बुद्धशान्ति, हल्दिबारी, कचनकवल, बाह्रदशी, झापा, गौरीगञ्ज र कमल गाउँपालिकामा क्षति पु-याएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्