
काठमाडौं, १ भदौ, तपाईं सरकारी काममा हुनुहुन्छ र सरकारी कर्मचारीले घूस मागे अब अख्तियारको हटलाईनमा फोन गर्न सक्नु हुनेछ ।
अख्यिार दुरुपयोग अनुसन्धान आयोगले पत्रकार सम्मेलन गर्दै घुसखोरि नियन्त्रणका लागि यस्तो व्यवस्था गरिएको हो ।
अब कुनै सरकारी कर्मचारीले घुसमागेमा १०७ नम्बरमा फोन गर्न सकिने छ । जसको तत्काल रेस्पोन्स हुने अख्तियारले जनाएको छ । उक्त हटलाईन नम्बरमा फोन गर्दा पैसा लाग्दैन ।