२५ जेठ २०८३, सोमबार

हाँडी फुटाएर चाँगुनारायण जात्रा

हाँडी फुटाएर चाँगुनारायण जात्रा

पौष शुक्ल पुर्णिमाको दिन मनाइने चाँगुनारायण यात्रा काठमाडौंमा सम्पन्न भएको छ । चाँगुनारायण यात्रामा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी भएका थिए । माटोको भाँडा फुटाउने जात्रा सांस्कृतिक कार्यक्रमसहित जात्रा मनाइएको थियो ।

चाँगुनारायण यात्राको दर्शन गर्न उपराष्ट्रपति पुन हनुमान ढोका पुगेका थिए । मेलाको अवसरमा उपराष्ट्रपति पुनले कुमारीको समेत पूजाअर्चना गरेका थिए ।  

हनुमान ढोकास्थित तलेजु भवानीको दर्शन प्रसाद उनले ग्रहण गरेका थिए । सो अवसरमा तारिणी मखन क्लवका अध्यक्ष राजन महर्जनले लिच्छिवीकालदेखि शुरु भएको जात्रा लोप हुँदैगएकाले यसको संरक्षणका लागि मेला आयोजना गरिएको बताए ।

उनका अनुसार परापूर्वकालमा चाँगुनारायण यात्राका लागि भक्तपुरबाट निस्किएको जात्रा हनुमान ढोका आएपछि त्यहाँका राजाले देवता हिँड्नुभयो भन्ने ठानेर हाँडी फुटाएर रोकेको किंवदन्ती रहेको उनले बताए । हाँडी फुटाएपछि चाँगुनारायणले मलाई अशुभ भयो अब म कतै जानु हुँदैन भनेर तलेजु भवानीको मन्दिरमा पसेको किंवदन्ती रहेको उनको भनाइ छ । 

उनले भने, ‘माटोको भाँडाकुँडा फुटाउने जात्रा लिच्छिवीकालदेखि शुरु भएको जात्रा हो । अहिले आएर यो जात्रा लोप भइरहेको छ, संरक्षणमा सबै लाग्नुपर्छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्