२९ जेठ २०८३, शुक्रबार

बीए एलएलबी प्रवेश परीक्षाको नतिजा सार्वजनिक, दुई जनाको परीक्षा रद्द

बीए एलएलबी प्रवेश परीक्षाको नतिजा सार्वजनिक, दुई जनाको परीक्षा रद्द

त्रिभुवन विश्वाविद्यालयले बीए एलएलबी प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । त्रिवि कानुन संस्कायले गत मंसिर १७ गते बीए एलएबीको प्रथम सेमेस्टरमा भर्नाका लागि प्रवेश परीक्षा लिएको थियो । 
जसअनुसार लिखित परीक्षामा सहभागी भएकामध्येबाट नेपाल ल क्याम्पसका लागि १०५, पृथ्वीनारायण क्याम्पसका लागि ७० र नेशनल ल कलेजका लागि १०५ गरी कुल २८० जना उत्तीर्ण भएका हुन् । 

त्रिवि कानुन संकायका डीन कृष्ण प्रसाद बस्यालले सम्बन्धित कलेजहरुलाई विद्यार्थी भर्ना गर्नका लागि अर्को सूचना पर्खिन सूचित गरेका छन् । यस्तै रोल नम्बर ८०४२६ र ८०७०८ का विद्यार्थीहरुको परीक्षाफल रद्द गरिएको पनि सूचनामा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्