१० असार २०८३, बुधबार

चिनियाँ मिडियाले उडायो भारतको धज्जी ! (भिडियो सहित)

कात्तिक २०, २०७४
चिनियाँ मिडियाले उडायो भारतको धज्जी ! (भिडियो सहित)

काठमाडौं, १ भदौ — डोक्लाम विवाद चल्दै गर्दा चिनियाँ मिडियाले भारतको मजाक उडाएको छ । चीनको एक टीभी च्यानलमा डोक्लाम विषयमा भारतको सात पाप गन्ती गरिएको छ ।


यो भिडियो चीनको समाचार संस्था सिन्ह्वाले जारी गरेको हो । भिडियोमा भारत कसरी गलत तरिकाले डोक्लाममा घुसेको बताइएको छ ।

भिडियोमा महिला प्रस्तोताले अंग्रेजी भाषामा भारतका पापहरू बताएकी छन् । भिडियोमा एउटी केटीलाई भारतको रूपमा देखाइएको छ । केटीले पगडी र नक्कली दाह्रीजुंगा लगाएकी छन् ।

भारतका सात पाप
अतिक्रमण

दुई देशबीचको सम्झौताको उल्लंघन

अन्तर्राष्ट्रिय कानून तोडेको

पीडितमाथि नै आरोप लगाएको

साना छिमेकीहरूलाई धम्क्याएको

जानीजानी गल्ती दोहो–याएको

भिडियोमा चिनियाँ मिडियाले सिधै खराब छिमेकी भनेको छ । अर्काको घरमा बुलडोजर लिएर छिर्ने छिमेकीका रूपमा भारतलाई चित्रित गरिएको छ ।

भिडियोमा भारतले निःशर्त डोक्लामबाट सेना हटाउनपर्ने बताइएको छ । भुटानले भारतको मद्दत नमागेको र डोक्लाम भुटानको भूमि नभएको पनि बताइएको छ ।

हेरौं भिडियो :

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्