१७ असार २०८३, बुधबार

टम क्रुज भए घाइते, ‘मिसन इम्पोसिबल ६’ को शूटिङ रोकियो

कात्तिक २०, २०७४
टम क्रुज भए घाइते, ‘मिसन इम्पोसिबल ६’ को शूटिङ रोकियो

हलिउड अभिनेता टम क्रुजको एउटा दृश्य शूटिङका क्रममा घाइते भएका छन् । आफ्नो सिक्वेल फिल्म ‘मिसन इम्पोसिबल ६’ को शूटिङका क्रममा उनी घाइते भएका हुन् ।

उनी घाइते भएपछि फिल्मको शूटिङ रोकिएको छ । ‘द हलिउड रिपोर्टर’ का अनुसार प्यारामाउन्ट पिक्चर्सको एक कुराकानीका आधारमा टम घाइते भएको जनाइएको थियो । उनी पूर्ण निको नहुँदासम्म फिल्मको शूटिङ रोकिनेछ ।

५५ वर्षीय टम क्रुज रियल स्टन्ट दिने कलाकारका रुपमा पनि चिनिन्छन् । उनको यो चलचित्र भने २०१८ को २७ जुलाईमा प्रदर्शनमा आउनेछ ।

salt training

कमेन्ट गर्नुहोस्