१९ असार २०८३, शुक्रबार

गरीबी निवारण गर्न कर्जा प्रदान गर्दै देव दर्शन

गरीबी निवारण गर्न कर्जा प्रदान गर्दै देव दर्शन

काठमाडौं उपत्यकाको पश्चिमी क्षेत्रमा सबैभन्दा बढी शेयर सदस्य रहेको देव दर्शन बचत तथा ऋण सहकारीले संस्थाले आर्थिक वर्ष २०७८/७९ मा मुनाफा आर्जन गर्न सफल भएको छ ।

विक्रम संवत् २०६६ असार ६ गतेदेखि कारोबार थालनी गरेको संस्थामा हाल ३ हजारभन्दा बढी शेयर सदस्य आबद्ध छन् भने कूल सम्पत्ति १ अर्ब १७ करोड ६५ लाखभन्दा माथि पुगेकोे छ । 

कोभिड संक्रमणबाट उत्पन्न आर्थिक मन्दी, बैंक तथा वित्तीय संस्थाको संख्यात्मक वृद्धि, घरजग्गा व्यापारमा आएको मन्दी, तरलता र ब्याजदरलगायत कारण वित्तीय कारोबार गर्ने संस्थाले सन्तोषजनक उपलब्धि हासिल गर्न नसकिरहेको अवस्थामा पनि संस्थाले सो आवमा ९६ लाख २० हजार ८२८ रुपैयाँ मुनाफा कमाएको संस्थाको १४औं वार्षिक प्रतिवेदनमा उल्लेख छ । 

संस्थाले सो आवमा आफ्नो कारोबार १ अर्ब १७ करोड ६५ लाख ७४ हजार ८६८ रुपैयाँ पुर्‍याएको थियो । आव २०७८/७९ मा संस्थाको निक्षेप संकलन १ अर्ब ६ करोड ५६ लाख २२ हजार र शेयर पुँजी ४ करोड २७ लाख ७ हजार पुगेको जनाइएको छ । प्रतिवेदनमा आव २०७९/८० शेयर पुँजी ५ करोड पुर्‍याउने, निक्षेप संकलन १ अर्ब २७ करोड र कर्जा लगानी २१ करोड पुर्‍याउने लक्ष्य लिएको उल्लेख छ ।
 
राष्ट्रिय सहकारी बैंक, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ, जिल्ला सहकारी संघ काठमाडौं तथा काठमाडौं बचत तथा ऋण सहकारी संघमा आबद्ध चन्द्रागिरि नगरपालिका–५ स्थित दाउराडिपोमा रहेको संस्थाले आफ्ना शेयर सदस्यलाई ५ हजार सुत्केरी भत्ता समेत प्रदान गर्दै आएको छ । संस्थाका अध्यक्ष रामनारायण घिमिरेका अनुसार निक्षेप संकलनतर्फ नियमित, देव दर्शन पेन्सन, बाल शैक्षिक, नारी उत्थान, किसान, साधारण, देव दर्शन विशेष, कल गोल्डेन, बोनस लगायत बचत सेवा सञ्चालित छन् ।

salt training

कमेन्ट गर्नुहोस्