१६ असार २०८३, मंगलबार

उच्च वर्गलक्षित सुविधासम्पन्न ‘लक्जरियस भिल्ला’ कोटेश्वरमा [फोटो/भिडियो]

उच्च वर्गलक्षित सुविधासम्पन्न ‘लक्जरियस भिल्ला’ कोटेश्वरमा [फोटो/भिडियो]

उडक्राफ्ट प्रालिले कोटेश्वरमा पाँचवटा लक्जरियस भिल्ला निर्माण गरेको छ । उक्त भिल्ला ६ आनादेखि १० आनासम्ममा निर्माण गरिएको  छ ।

६ आनामा बनेको एउटा भिल्लाको मूल्य ६ करोड ५० लाख रुपैयाँ छ । त्यसैगरी ११ आनामा बनाइएको भिल्लाको मूल्य १० करोड रुपैयाँ तोकिएको जानकारी कम्पनीका सञ्चालक सुलभ श्रेष्ठले दिए ।

कम्पनीले उच्च वर्गलाई लक्षित गरेर निर्माण गरेका हरेक सुविधासम्पन्न भिल्ला साढे दुई तलाका छन् ।

हरेक भिल्लामा व्यवस्थित निजी बगैँचा र टेरेस गार्डेन छन् ।

घरमा लिभिङ रुमसहित होम थिएटर, बारलगायत सुविधा छन् । भिल्लामा विश्वप्रख्यात सामग्री प्रयोग गरिएका छन् ।

भिल्लामा इटालियन मार्बल, कोहलरका धारा तथा बाथरुम सामग्री, घरमा प्रयोग गरिएका लाइट ताइवान र बेड सिंगापुरबाट झिकाइएको जानकारी कम्पनीका सञ्चालक सुलभ श्रेष्ठले दिए ।

सोलार पावर ब्याकअप, सोलार वाटर हिटिङ, एयर कन्डिसनिङ सिस्टमसहितका घरमा वाटर रुफ पेन्ट्स प्रयोगदेखि घरअगाडि खुला बाटो सुविधा छन् ।

यसैगरी कम्पनीले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रपछाडि पनि नौवटा लक्जरियस भिल्ला निर्माण गरेको जानकारी कम्पनीका सञ्चालक सुलभ श्रेष्ठले बताए ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्