१० असार २०८३, बुधबार

सामाजिक सञ्जालको नियमित प्रयोग मानसिक स्वास्थ्यका लागि राम्रो : अध्ययन

कात्तिक २०, २०७४
सामाजिक सञ्जालको नियमित प्रयोग मानसिक स्वास्थ्यका लागि राम्रो : अध्ययन
 
काठमाडौं, २४ मंसिर — सामाजिक सञ्जालको नियमित प्रयोगले मानसिक स्वास्थ्य राम्रो बनाउने एक अस्ट्रेलियाली अध्ययनले देखाएको छ ।

Social Media
मेलबर्न र मोनाश विश्वविद्यालयले शुक्रवार प्रकाशित गरेको अध्ययनले सामाजिक सञ्जाल र तनाव, चिन्ता र सुस्वास्थ्यका बारेमा गरिएका ७० वटा अध्ययनको समीक्षा गरेको थियो ।

अनुसन्धाताहरूका अनुसार सामाजिक सञ्जालले अन्य व्यक्तिसँग सम्पर्कमा रहन तथा सामाजिक सहायता प्राप्त गर्न उपयोगी भूमिका खेल्छ । यसका साथै सिधै कुरा गर्न लजाउने व्यक्तिका लागि संवाद गर्ने यो अद्वितीय माध्यम हो ।

तर सामाजिक सञ्जाल सबैका लागि राम्रो हुन्छ भन्ने छैन । आफूलाई अरूसँग तुलना गर्ने, नकारात्मक सोच पोस्ट गर्ने वा सामाजिक सञ्जालको नशामा रहेका व्यक्ति तनाव र अवसादको जोखिममा रहने देखिएको छ ।

मेलबर्न विश्वविद्यालयकी पेगी कर्नले यस अध्ययन समूहको नेतृत्व गरेकी हुन् । उनका अनुसार सामाजिक रूपमा खुल्न नसक्ने मानिसले निष्क्रिय तवरले सामाजिक सञ्जाल चलाउँछन् भने डिप्रेसनका लक्षण देखिएका व्यक्तिले प्रायः नकारात्मक विचार पोस्ट गर्छन् ।

‘सामाजिक सञ्जाल र मानसिक स्वास्थ्यका बीचको सम्बन्ध बुझेर हामीले सामाजिक सञ्जाललाई मानसिक सुस्वास्थ्य प्रवर्द्धन गर्नका लागि प्रयोग गर्न सक्छौं,’ कर्नले भनिन् ।

सामाजिक सञ्जालमा देखाएको व्यवहारले नै व्यक्तिको मानसिक स्वास्थ्यको आँकलन गरेर उपचार दिलाउन मद्दत गर्न सकिने मोनाश विश्वविद्यालयकी अनुसन्धाता एलिजाबेथ सीब्रूकले बताइन् ।

सिन्ह्वा

salt training

कमेन्ट गर्नुहोस्