१२ साउन २०८३, मंगलबार

सरकार सञ्चालनमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकार सञ्चालनमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्ने मन्त्रिपरिषद्को निर्णय
फाइल फोटो

१ नम्बर प्रदेश सरकारको मन्त्रिपरिषद्को आइतवार बसेको बैठकले प्रदेश सरकार सञ्चालनका क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले सरकार सञ्चालनका क्रममा सहयोग गर्ने सम्बद्ध पक्षलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको हो । 

प्रदेश प्रमुखबाट नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया शुरू भएपछि बसेको मन्त्रिपरिषद् बैठकमा धन्यवाद ज्ञापनको प्रस्ताव गरिएको थियो । प्रस्तावबमोजिम मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारलाई सहयोग गर्नेलाई धन्यवाद दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।

१ नम्बर प्रदेशमा राजेन्द्रकुमार राई २०७८ कात्तिक १६ गते मुख्यमन्त्री भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्