०५ साउन २०८३, मंगलबार

कर्णाली राजमार्गको स्तरवृद्धि गरिँदै

कर्णाली राजमार्गको स्तरवृद्धि गरिँदै
प्रतिकात्मक तस्वीर

गत असोजको १९ देखि २३ गतेसम्म आएको अविरल वर्षा र बाढीले क्षति पुर्‍याएको कर्णाली राजमार्ग स्तरवृद्धि गरिने भएको छ । 

राजमार्ग स्तरवृद्धि नहुदाँ यहाँका नागरिकलाई सास्ती हुने गरेको छ । कर्णाली राजमार्गलाई थप स्तरवृद्धि गर्नका लागि काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले जानकारी दिए ।

राजमार्गलाई पुरानै अवस्थामा ल्याउनका लागि २ अर्ब रुपैयाँको योजना अघि सारेर विभागमा फाइल पेश गरिएको छ । बजेट अर्थ मन्त्रालयबाट स्वीकृत भएमा केही क्षेत्रमा कालोपत्रे अन्य निर्माण तथा पहिरो पन्छाउन सहयोग पुग्ने कार्यालय प्रमुुख श्रेष्ठको भनाइ छ ।

यसका लागि जिल्ला विपद् व्यवस्थापन कार्यालयले निर्णय गर्नुपर्ने छ । मुगुले निर्णय गरेर पठाइसकेको छ । जुम्ला र कालीकोटको सिफारिस बाँकी रहेको सडक डिभिजन कार्यालयले जनाएको छ । राजमार्गको लामो भागमा पहिरो पन्छाउने कामका लागि ठेक्का अगाडि बढाइएको छ । सबैभन्दा ठूलो पहिरो नाग्मदेखि रारा खण्ड, धनाडाराजुली खण्ड, राताडाव खण्ड, एस मोडसहित विभिन्न स्थानमा रहेको छ ।

सेरिगाडमा १ हप्ताअघि ठूलो सुक्खा पहिरो खसेपछि जाली तथा ग्याबिन पर्खाल लगाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्