
प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् । उनी हिजो मुख्यमन्त्री नियुक्त भएका थिए । उनीसँगै तीन जना मन्त्रीहरूले शपथ लिएका छन्।
मुख्यमन्त्री कार्कीले तीन सदस्यीय मन्त्रिमण्डल पनि विस्तार गरेका छन्। उनले एमालेका तिलकुमार मेयाङ्वो, राप्रपाका भक्ति सिटौला र जसपाकी निर्मला लिम्बूलाई मन्त्री बनाएका हुन् ।
नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलले भने मुख्यमन्त्रीको शपथ बहिष्कार गरेको छ। आलोपालोको निर्णय नभएसम्म आफूहरू सरकारमा सहभागी नहुने माओवादीले केन्द्रलाई जानकारी गराएको छ।