२२ जेठ २०८३, शुक्रबार

नबिल बैंकको ३८ औँ साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित

नबिल बैंकको ३८ औँ साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित

नबिल बैंक लिमिटेडको ३८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शुक्रबार बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालको अध्यक्षतामा सम्पन्न साधरणसभाले आफ्ना शेयरधनीलाई कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

सभाले बैंकको सञ्चालक समितिले सिफारिस गरेअनुसार र नेपाल राष्ट्र बैंकको स्वीकृतिअनुसार आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफा तथा अन्य वितरण योग्य कोषबाट शेयरधनीलाई १८.५ प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

३८ वर्षदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको नबिल बैंकले यस वर्ष पनि ‘क’ वर्गको बैंकमध्ये उच्चतम लाभांश दिँदै नेपालको अग्रणी वाणिज्य बैंकको पहिचानलाई निरन्तरता दिन सफल भएको छ ।

साधारणसभाले संस्थापक शेयरधनी समूहतर्फ ३ पदका लागि भएको निर्वाचनमा निर्वाण चौधरी, मलय मुखर्जी र एआरएम नजमुस शकिबलाई सञ्चालक निर्वाचित गरेको छ । ​नबिल बैंक २०७८/७९ मा निजी क्षेत्रका बैंकमध्ये उच्चतम मुनाफा ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ हासिल गर्न सफल भएको बैंक हो ।

समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयरपश्चात् बैंकको चुक्ता पुँजी यस वर्ष २७ अर्ब नाघेको छ ।

बैंकले नेपालको बैंकिङ क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यावसायिक एवं औद्योगिक गतिविधिलाई गतिशील बनाउन, रोजगारीका अवसरहरू सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न सफल भएको सभाका अध्यक्ष पौड्यालले बताए ।

उनले बैंकको संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेर काम गरेको बताउँदै आगामी दिनमा निरन्तरता दिने प्रतिवद्धता गरे ।

बैंकले स्थापनाकालदेखि हालसम्म १९ अर्बभन्दा बढी रकम करको रूपमा देशको राजश्वमा योगदान गरिसकेको छ । ​

नबिल बैंकले २४० वटा शाखाहरू, २७५ वटा एटीएम र ८ वटा रेमिट एजेन्टहरूका साथमा देशव्यापी रूपमा र विश्वभर धेरै एजेन्टहरूमार्फत सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरूसँगै अघि बढ्ने विश्वास राखेको छ ।

बैंकको साधारण सभा समयमै सम्पन्न गर्न सहयोगी भूमिका खेल्ने शेयरधनी तथा सम्बद्ध सबै निकायप्रति सभाबाट आभार प्रकट गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्