०६ असार २०८३, शनिबार

यातायात कार्यालय सुकेधाराका तत्कालीन प्रमुख पोखरेलविरुद्ध १ करोडको भ्रष्टाचार मुद्दा

यातायात कार्यालय सुकेधाराका तत्कालीन प्रमुख पोखरेलविरुद्ध १ करोडको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र सुकेधारा चाबहिलका तत्कालीन निमित्त प्रमुख गणेश पोखरेलविरुद्ध १ करोडभन्दा माथिको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

शाखा अधिकृत पोखरेलले १ करोड ६ लाख ३३ हजार ३३९ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा शुक्रवार विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो ।

पोखरेल हाल राष्ट्रिय भूमि आयोग ताहाचल काठमाडौंमा कार्यरत छन्।

पोखरेलले सार्वजनिक सेवामा रहेर पदीय दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरेको र श्रीमतीका नाममा सम्पत्ति जोडेको देखिएको अख्तियारले जनाएको छ ।

उनले श्रीमती विमला न्यौपाने पोखरेलको नाममा जग्गा खरिद गर्नुका साथै घर निर्माण, शेयर खरिद तथा बैंक खाताहरूमा रकम मौज्दात राखेको पाइएको छ ।

उनी २०४६ असार १ गते सार्वजनिक सेवाको पदमा प्रवेश गरेका थिए।

त्यस अवधिदेखि २०७८ फागुन १५ गतेसम्मको अवधिमा जाँच गर्दा १ करोड ६ लाख ३३ हजार ३३९ रुपैयाँको स्रोत खुल्न नसकेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सार्वजनिक सेवामा रहेको अवधिसम्म उनको कूल वैध आय ३ करोड ३१ लाख ५५ हजार ६२ रुपैयाँ भए पनि उनले ४ करोड ३७ लाख ८८ हजार ४०२ रुपैयाँ जोडेको अनुसन्धानमा खुलेको छ ।

कमेन्ट गर्नुहोस्