०६ असार २०८३, शनिबार

रोशन र बिनाको अभिनयमा ‘भमरा’, समीक्षाले दिएकी छिन् स्वर

रोशन र बिनाको अभिनयमा ‘भमरा’, समीक्षाले दिएकी छिन् स्वर

गायिका समीक्षा अधिकारी र गायक कृष्ण काफ्लेको स्वरमा ‘भमरा’ बोलको गीत सार्वजनिक भएको छ ।

शुक्रवार सार्वजनिक यो गीतको भिडियोमा मोडलद्धय रोशन केसी र बिना राउतको अभिनय एवं नृत्य देख्न सकिन्छ ।

सार्वजनिक गीतमा मोहन थापाको शब्द, सुवास भुषालको संगीत तथा नरेन्द्र वियोगीको एरेन्ज छ ।

शिशिर खातीको निर्देशन रहेको भिडियोमा एक प्रेमील जोडीको रोमान्टिक प्रेमकहानी देख्न सकिन्छ । राम कुमार केसीको छायाँकन रहेको भिडियो मनोज कार्कीको सम्पादनपश्चात सार्वजनिक भएको हो ।

दाबा शेर्पाको कोरियोग्राफी रहेको भिडियोमा देवराज सापकोटालाई समेत देख्न सकिन्छ । 

गायिका समीक्षा अधिकारी पछिल्लो समय गायनमा सक्रिय देखिएकी छिन् । यसअघि उनको ‘निभेको चुलो’बोलको गीत सार्वजनिक भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्