०७ असार २०८३, आइतबार

आजको मौसम : तराईमा बाक्लो हुस्सु र कुहिरो

आजको मौसम : तराईमा बाक्लो हुस्सु र कुहिरो

देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेकाले तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लाग्ने तथा पहाडी भूभागमा सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज देशभरको पहाडी भूभागमा सामान्य बदली रहने छ ।

त्यस्तै, कर्णाली, गण्डकी र प्रदेश १ को पहाडी भूभागमा सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहने विभागले जनाएको छ । भोलि माघ १ गते पनि कर्णाली र प्रदेश १ को पहाडी भूभागमा सामान्य बदली रहने विभागको भनाइ छ । 

माघ २ गते सोमबार देशका पहाडी भूभागमा सामान्य बदली रहने र बाँकी भूभागमा मौसम सफा रहनेछ । विभागले दिएको जानकारी अनुसार सो दिन प्रदेश १ को उच्च पहाडी भूभागमा हल्का हिमपात हुनेछ । 

तराईमा लाग्ने बाक्लो हुस्सु र कुहिरोका कारण त्यहाँको जनजीवन प्रभावित हुने तथा हवाई उडान पनि प्रभावित हुने विभागले जनाएको छ । चिसो बढ्नेक्रम जारी रहेकाले त्यसबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ । 

कमेन्ट गर्नुहोस्