२८ जेठ २०८३, बिहीबार

कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु

कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु

कञ्चनपुर ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेदकोट नगरपालिका–७ लालपुरमा ट्याक्टरले ठक्कर दिँदा बेदकोट-१ की करिब २२/२३ वर्षकी तारा मल्लको मृत्यु भएको छ।

साइकलमा सवार उनलाई शनिबार करिब बेलुकी ५ बजेतिर ट्याक्टरले ठक्कर दिएको थियो।

प्रहरीका अनुसार मृतकको झोलाभित्र तारा मल्ल लेखिएको परिचयपत्र फेला परेको छ । त्यसमा ठेगाना बेदकोट नगरपालिका-१ लेखिएको छ। परिवारका मानिस अहिलेसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको म२त १०३५ नम्बरको ट्याक्टरले ती युवतीलाई ठक्कर दिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्