२५ जेठ २०८३, सोमबार

‘माघे संक्रान्तिको प्रकृतिसँग मुख्य सम्बन्ध छ’

‘माघे संक्रान्तिको प्रकृतिसँग मुख्य सम्बन्ध छ’

उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ आर्थिक वर्षको रुपमा मनाइने माघे संक्रान्तिको मुख्य सम्बन्ध प्रकृतिसँग रहेको बताएका छन् । थारु, मगर र छन्त्याल समुदायले नयाँ वर्षको रुपमा मनाउने माघे संक्रान्तिको अवसरमा शुभकामना दिंदै उपराष्ट्रपति पुनले त्यस्तो बताए ।

“सूर्य धनु राशीलाई छाडेर मकरराशीमा प्रवेश गरेको तीथिलाई आधार मानेर मगर, थारु र छन्त्याल समुदायले नयाँ आर्थिक वर्ष प्रारम्भको रुपमा मनाउने माघेसंक्रान्ति पर्वको प्रकृतिसँग मुख्य सम्बन्ध छ । यसै चाडबाट दिन लामो र रात कम हुन थाल्छ” उनले शुभकामना सन्देशमा भनेका छन् । अन्धकार कम र सूर्यको प्रकाश तेज हुँदा प्राणीको चेतना र कार्यशक्ति वृद्धि हुने पनि उनको भनाइ छ । 

पर्वले आपसी सदभाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको विकास गर्नुका साथै पारिवारिक मिलन तथा भावनात्मक एकता गराउँदैआएको उपराष्ट्रपति पुनले विश्वास लिएका छन् । पर्वको अवसरमा उनले सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

“नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधताले भरिपूर्ण मुलुक हो । यहाँका हरेक समुदायका आ–आफ्नै मौलिक पहिचान झल्कने भाषा, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज र धार्मिक एवम् सांस्कृतिक चाडपर्वहरु छन्” उपराष्ट्रपति पुनले विभिन्न समुदायमा मौलिकताका साथ मनाइने पर्वहरु नेपालीहरुको साझा चाडपर्व भएको बताएका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्