२८ जेठ २०८३, बिहीबार

माधवी ओ माधवी पुस्तक सार्वजनिक

माधवी ओ माधवी पुस्तक सार्वजनिक

प्रदेश १ का प्रमुख परशुराम खापुङले माधवी ओ माधवी पुस्तक लोकार्पण गरेका छन् । सङ्गीत साधना प्रतिष्ठान नेपालको आयोजनामा शनिबार आयोजित कार्यक्रममा उनले सो पुस्तक सार्वजनिक गरेका हुन् । 

केशव दाहालले लेखेको सो कृति सार्वजनिक गर्दै उनले सङ्गीत पृथ्वीकै सुन्दर पक्ष रहेको बताए । मानिस र मानिसहरूले बनाएको समाजमा मात्र नभएर पशुपंक्षी, जीवहरूलाई सङ्गीतले एकत्रित पार्ने उनले चर्चा गरे । 

‘माधवी ओ माधवी’ पुस्तकबारे कवि चन्द्र घिमिरे र मिडिया अनुसन्धान केन्द्र, नेपालका अध्यक्ष तृष्णा आचार्यले धारणा राखेका थिए । कार्यक्रममा कान्तिपुर दैनिकका सम्पादक सुधिर शर्मा, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव अमृत खापुङ, वराहक्षेत्र नगरपालिकाका पूर्वमेयर निलम खनाल, साहित्यकार प्रा. डा. बद्रिविशाल पोखरेलको उपस्थिति थियो ।

salt training

कमेन्ट गर्नुहोस्