
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ योग दिवसको कार्यक्रममा सहभागी भएका छन् ।
आइतवार भक्तपुरको सानोठिमीमा आयोजित योग दिवसको कार्यक्रममा उनी सहभागी भएका हुन् ।
औपचारिक पोशाकमै रहेका प्रचण्ड विभिन्न योगाभ्यासमा सहभागी भए ।

प्रधानमन्त्रीले नागरिकको स्वास्थ्यका लागि योग महत्त्वपूर्ण रहेको बताए ।