१२ साउन २०८३, मंगलबार

यती एअरलाइन्सका सोमबारका सबै उडान रद्द

यती एअरलाइन्सका सोमबारका सबै उडान रद्द

पोखरामा आज आफ्नो जहाज दुर्घटना भएपछि यती एअरलाइन्सले भोलि (सोमबार) हुने आफ्ना सम्पूर्ण नियमित उडानहरू स्थगित गरेको छ। 

आज साँझ एक सूचना जारी गर्दै यती एअरलाइन्सले विमानमा सवार मृतक यात्रुहरूको शोकमा आफ्ना नियमित उडानहरू रद्द गरिएको जानकारी दिएको हो। यद्यपि आपतकालीन र उद्धारका उडाहरू पनि सञ्चालन हुने उसले जनाएको छ। 

आज बिहान यतीको ९ एनएसी एटीआर ७२ विमान सेतीखोँचमा दुर्घटनाग्रस्त भएको थियो। उक्त जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए। हालसम्म ६८ जनाको मृत्यु भइसकेको पुष्टि भएको छ भने अन्य अझै बेपत्ता छन्। 

सरकारले भोलि शोक बिदा दिने पनि निर्णय गरेको छ। 

salt training

कमेन्ट गर्नुहोस्