
पोखरामा भएको यती एयरलायन्सको विमान दुर्घटनामा परेका ४ जना अझै फेला परेका छैनन् ।
खोज तथा उद्धार कार्यमा खटिएको सुरक्षा टोलीले आइतवार रातिसम्म पनि ४ जनालाई फेला पार्न नसकेको हो ।
सेती नदीको अप्ठ्यारो खोंचमा विमान दुर्घटना भएको र रातको समय भएकाले उद्धारमा कठिनाई भएका कारण सोमवार बिहानैदेखि उद्धार कार्य थालिने कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।
‘विमानमा सवारमध्ये हालसम्म ४ जना अझै फेला पर्नुभएको छैन,’ उनले भने, ‘पहिचान भएका पोखरा र आसपासका व्यक्तिको शव बिहान यहीँ नै आफन्तको जिम्मा लगाउने छौं, काठमाडौं र आफन्त काठमाडौं नै भएका एवं विदेशी यात्रुका शवलाई हेलिकोप्टरमार्फत पठाउने तयारी गरेका छौं ।’