२२ जेठ २०८३, शुक्रबार

‘भष्मे डन’ चलचित्रमा खगेन्द्र नरहने, मुख्य अभिनेत्रीमा स्वस्तिमा फाइनल

‘भष्मे डन’ चलचित्रमा खगेन्द्र नरहने, मुख्य अभिनेत्रीमा स्वस्तिमा फाइनल

निर्देशक दीपेन्द के. खनालको निर्देशनमा निर्माण हुने चलचित्र ‘भष्मे डन’को मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् ।

आइतबार निर्माण टिम र अभिनेत्री खड्काबीच लिखित सम्झौता भएको हो ।

चलचित्रलाई दीपेन्द्र र अभिनेता खगेन्द्र लामिछानेले मिलेर निर्माण गर्दैछन् ।

स्वस्तिमा चलचित्रमा विपिन कार्की अर्थात ‘भष्मे डन’को अपोजिटमा प्रस्तुत हुनेछिन् ।

चलचित्रमा सौगात मल्ल, रविन्द्रसिंह बानियाँ, प्रकाश घिमिरे लगायतको पनि अभिनय रहनेछ ।

सौगात मल्लसँग लिखित सम्झौता नभए पनि मौखिक सहमति भइसकेको निर्देशक खनालले जानकारी दिएका छन् । 

‘पशुपति प्रसाद’को चर्चित पात्र ‘भष्मे डन’माथि ‘स्पिनअफ’ निर्माण हुन लागेको हो ।

‘पशुपति प्रसाद’मा पशुपतिको चरित्र निभाएका खगेन्द्र भने चलचित्रको पर्दामा देखिने छैनन् ।

‘पशुपति प्रसाद’मा पशुपति नामक पात्र मरेपछि चलचित्र सकिएको थियो । ‘पशुपति प्रसाद’मा विपिनले गरेको क्यारेक्टर ‘भष्मे डन’ लोकप्रिय भएको थियो । चलचित्रको कथा खगेन्द्र लामिछानेले लेखेका छन् ।

आगामी फागुन १२ गतेदेखि पशुपतिनाथ मन्दिर वरपर चलचित्रको छायांकन हुनेछ । ‘पशुपति प्रसाद’पछि दीपेन्द्र र खगेन्द्रले सहकार्य गर्न लागेका हुन् । चलचित्र घोषणा भएदेखि नै दर्शकमाझ प्रतीक्षित छ ।

यस चलचित्रलाई आगामी दशैंमा रिलिज गर्ने योजना निर्माण टिमको छ ।

salt training

कमेन्ट गर्नुहोस्