०६ असार २०८३, शनिबार

स्लो साइकल रेसमा थापालाई माउन्टेन बाइक

स्लो साइकल रेसमा थापालाई माउन्टेन बाइक

चितवन महोत्सव परिसरमा आयोजना गरिएको स्लो साइकल रेस प्रतियोगितामा राइनो स्पोर्टस् एकेडेकमीका प्रमित थापा पहिलो भएका छन् । १४ औँ चितवन महोत्सवको अवसरमा सोमबार बिहान महोत्सव स्थलमा आयोजना गरिएको स्लो साइकल रेस प्रतियोगितामा पहिलो हुँदै थापाले पुरस्कार स्वरुप माउन्टेन बाइक हात पारेका छन् । 

त्यसैगरी प्रतियोगितामा रौनक पौडेल दोस्रो भएका छन् । उनले लेडिज साइकल पुरस्कार प्राप्त गरेको चितवन महोत्सवका खेलकुद संयोजक रुद्र सुवेदीले जानकारी दिए । प्रतियोगितामा तेस्रो हुने सुरेश रानाले नन गेयर रेन्जर निसान साइलक पुरस्कार पाएको सुवेदीले बताए । 

त्यसैगरी, प्रतियोगितामा सान्त्वना स्थान हासिल गर्दै राइनो स्पोर्टस् एकेडेमीका अजय तामाङले हङ्ग्री हन्टर जिभाओ साइकल जितेका छन् । प्रतियोगिताको संयोजक चितवन नवलपुर साइकल व्यवसायी संघले गरेको थियो । प्रतियोगितामा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल भएकाले स्वस्थ हुनका लागि साइकल चलाउनुपर्ने बताए । 

सो कार्यक्रममा चितवन नवलपुर साइकल व्यवसायी संघका अध्यक्ष गोपाल सापकोटाले साइकलको प्रवर्धन र फाइदाबारे बुझाउन स्लो साइकल रेसको आयोजना गरिएको बताए । प्रतियोगितामा ६० जना प्रतियोगी सहभागी थिए । कार्यक्रम सञ्चालन गर्नुअघि आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्