१० असार २०८३, बुधबार

आजको मौसम : पहाडी भूभागमा आंशिक बदली रहने, तराईमा हुस्सु

आजको मौसम : पहाडी भूभागमा आंशिक बदली रहने, तराईमा हुस्सु

देशभर पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव कायमै रहेकाले आज पनि देशभरीका पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली कायमै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज उच्च पहाडी भूभागमा हल्का हिमपात हुने र तराईमा बाक्लो हुस्सु लाग्ने हुनाले जनजीवन प्रभावित रहने विभागको भनाइ छ ।

आज मंगलबार सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहने छ । ती प्रदेशका उच्च पहाडी भूभागको एक दुई ठाउँमा हल्का हिमपात हुने विभागले जनाएको छ ।

सोहीअनुसार भोलि बुधबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली कायमै रहने छ । बाँकी भूभागमा मौसम सफा रहने छ । उच्च पहाडी भूभागमा हल्का हिमपात हुने र तराईमा कुहिरो लाग्नेक्रम जारी रहनेछ ।

माघ ५ गते बिहीबार सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली कायमै रहने र उच्च पहाडी भूभागमा हिमपात जारी रहने विभागले जनाएको छ । सुदूरपश्चिमको पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षा पनि हुनेछ । 

उच्च पहाडी भूभागमा हिमपात हुने र तराईमा बाक्लो हुस्सु र कुहिरो लाग्ने हुनाले चिसोले जनजीवन प्रभावित रहने बताउँदै विभागले चिसोबाट बच्न सबैमा सतर्कता अपनाउन आग्रह गरेको छ । कुहिरोका कारण हवाई उडान समेत प्रभावित हुने विभागको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्