
मंगलबार मन्त्रिपरिषद् विस्तारपछि सर्वदलीय बैठक बस्ने तयारी गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा सर्वदलीय बैठक बस्न लागेको हो ।
सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बोलावट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका गृहमन्त्री रवि लामिछानेले मन्त्रीहरुको सपथ ग्रहणपछि प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक बस्ने जानकारी दिए । मन्त्रीहरुको शपथ दिउँसो १ बजेका लागि बोलाइएको छ । आफूलाई विश्वासको मत दिने दलबीच राष्ट्रपति र सभामुख निर्वाचनको विषयमा छलफल गरेर जाने भन्दै प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री प्रचण्डलाई २६ पुसमा संसदको सबैभन्दा ठूलो दल कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका थिए । सभामुखको निर्वाचन माघ ५ मा हुँदैछ ।