१६ असार २०८३, मंगलबार

११ सदस्यीय नेपाली एथलेटिक्स टोली ढाका जाने

११ सदस्यीय नेपाली एथलेटिक्स टोली ढाका जाने

काठमाडौं। बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन १० खेलाडीसहित ११ सदस्यीय नेपाली टोली बुधबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएको छ ।
जनवरी २० तारिखमा हुने प्रतियोगिताको फुल म्याराथनतर्फ पुरुषमा किरणसिंह बोगटी, सन्तोषविक्रम विष्ट र करणबहादुर खड्का तथा महिलामा विन्द्राधन्के श्रेष्ठ र पुष्पा भण्डारीले प्रतिस्पर्धा गर्ने छन् ।

 हाफ म्याराथनको पुरुषमा गोपीचन्द्र पार्की र सन्तोषनाथ योगी तथा महिलामा सन्तोषी श्रेष्ठ, राजपुरा पछाईं र रेखा विष्टले खेल्ने छन् । प्रशिक्षक तथा अफिसियलमा विमला राना मगर छिन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्