
काठमाडौं, ३ भदौ– उत्तर कोरियाले २१ अगस्टमा अमेरिका तथा दक्षिण कोरियाबीच शुरु हुन लागेको संयुक्त युद्ध अभ्यासप्रति कडा टिप्पणी गरेको छ ।
उत्तर कोरियाको सरकारी मिडियामा छापिएको समाचार अनुसार‘आक्रामक युद्धाभ्यासलाई ड्रिल तथा वचावको नाम दिएर अमेरिकाले एक पटक फेरि युद्ध भड्काउने विचार गरिरहेको छ ।’
समाचारमा अगाडि भनिएको छ ,‘केही दिन पहिला अमेरिकाका प्रमुख अधिकारीले धम्की दिइरहेका थिए कि यदी युद्ध भएको खण्डमा पूरै कोरियाली प्रायद्वीपमा हुनेछ र हजारौै मानिस मारिए भने यो स्थान पनि प्रायद्वीप हुनेछ । यस्तोमा यीनिहरुले परमाणु युद्ध गर्ने आफ्नो उदेश्य सफा गरेका छन् । यस्तो भनाइपछि संयुक्त युद्ध अभ्यासबाट थाहा हुन्छ कि यसको परिणाम निस्कने छ । ’
उत्तर कोरियाली समाचारहरुमा अमेरिकाले संयुक्त सैन्य अभ्यासबाट कोरियाली प्रायद्वीपलाई ध्वस्त पार्ने दिशातर्फ लान खोजेको छ ।’
यसैबीच उत्तर कोरियामा एक पोस्टर जारी गरिएको छ । जहाँ आफ्नो मिसाइलको दूरी पूरै अमेरिकामा भएको भन्दै चेतावनी दिइएको छ ।
जसका कारण उत्तरमा अमेरिका विरुद्ध आक्रोशको अवस्थाको सिर्जना भएको छ ।