२४ जेठ २०८३, आइतबार

रियादमा खेलअघि अमिताभ बच्चनले भेटे रोनाल्डो र मेस्सी

रियादमा खेलअघि अमिताभ बच्चनले भेटे रोनाल्डो र मेस्सी

बलिउड अभिनेता अमिताभ बच्चनले फुटबल जगतका समकालीन दुई स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई भेटेका छन्। 

बिहीबार राति साउदी अरेबियाको रियादमा बच्चनले रियाद क्लब र पेरिस सेन्ट जर्मेन बीचको खेल क्रममा यी दुई फुटबलरलाई भेटेका हुन्।  बच्चन फुटबल प्रतियोगिता हेर्न त्यहाँ पुगेका थिए। खेलअघि उनले दुवै खेलाडीसँग हात मिलाएका थिए।  

अर्जेन्टिनाका विश्वकप विजेता मेस्सी र पोर्चुगलका स्टार रोनाल्डोसँग हात मिलाउँदा बच्चन खुसी देखिएका थिए। 

फुटबलका शौकीन बच्चनले आफूले मेस्सी र रोनाल्डोलाई भेटेको भिडियो सेयर गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘रियादमा एक साँझ ह्वाट एन इभिनिङ क्रिस्टियानो रोनाल्डो, लियोनेल मेस्सी, एमबापे, नेयमार सबै सँगै खेलिरहेका छन्। 

लियोनल मेस्सी, नेइमार र एम्बाप्पे सम्मिलित फ्रान्सेली क्लब पीएसजी रोनाल्डो आबद्ध रियादसँग खेल्न साउदी अरेबिया आएको थियो। उक्त खेलमा पीएसजी ५-४ गोलअन्तरले विजयी भएको थियो। 


 

salt training

कमेन्ट गर्नुहोस्