२५ असार २०८३, बिहीबार

वर्षमान पुनलाई भेट्न पुगे स्वास्थ्यमन्त्री गिरी

वर्षमान पुनलाई भेट्न पुगे स्वास्थ्यमन्त्री गिरी

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेका छन्। 

ललितपुरस्थित सुमेरु अस्पतालमा उपचाररत नेता पुनलाई मन्त्री गिरीले भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरे। वंशाणुगत जन्डिस रोगका कारण पीडित नेता पुन गत पुस ३० गतेदेखि उपचाररत छन्।

यसअघि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शङ्कर पोखरेललगायत नेताले पनि उपमहासचिव पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिइसकेका छन्। 

salt training

कमेन्ट गर्नुहोस्