२५ जेठ २०८३, सोमबार

अमेरिकाको हवाईनजिक पुग्यो रुसको गुप्तचर जहाज, पेन्टागन सतर्क

माघ ६, २०७९
अमेरिकाको हवाईनजिक पुग्यो रुसको गुप्तचर जहाज, पेन्टागन सतर्क

रुसको एक गुप्तचर जहाज अमेरिकाको हवाई राजय नजिक पुगेको तर अन्तर्राष्ट्रिय जलक्षेत्रमै रहेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । 

अमेरिकाको तटवर्ती क्षेत्रमा रुसको गुप्तचर जहाज आउनु नौलो कुरा नभए पनि अहिले युक्रेन युद्ध कारण रुस र अमेरिकाबीच तनाव चरममा रहेको बेलामा जहाज देखिँदा त्यसमा बढी ध्यान गएको हो । 

भिश्न्या क्लासको कारेलिया गुप्तचर जहाजलाई अमेरिकाको कोस्ट गार्डले कैयौं हप्तादेखि निगरानी गरिरहेको छ । 

‘रुसीहरूले अहिले यो जहाज किन चलाइरहेका हुन् भन्ने बारेमा म टिप्पणी गर्न सक्दिनँ तर यो समय छान्नु चाहिँ खतरनाक छ,’ पेन्टागनकी प्रवक्ता सब्रिना सिंहले बताइन् । 

रुसी जहाजले असुरक्षित र अव्यावसायिक व्यवहार नगरेको अनि रुसीहरूले अन्तर्राष्ट्रिय कानून बमोजिम यस क्षेत्रमा गतिविधि गर्ने आशा आफूहरूले राखेको सिंहले बताइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्