०४ साउन २०८३, सोमबार
उपसभामुखमा इन्दिरा राना निर्वाचित

प्रतिनिधिसभाको उपसभामुखमा इन्दिरा रानामगर निर्वाचित

प्रतिनिधिसभाको उपसभामुखमा इन्दिरा रानामगर निर्वाचित

प्रतिनिधिसभामा उपसभामुखमा इन्दिरा रानामगर निर्वाचित भएकी छन्। 

उनले १६६ मत पाइन् भने अर्की उम्मेदवार मुक्ताकुमारी यादवले ९७ मत पाइन्।

प्रतिनिधिसभाको आजको बैठकमा २६४ जना सांसद उपस्थित थिए। जहाँ मत दिन्न अर्थात् तटस्थमा एक जना सांसद बसेका थिए।   

२ सय ७५ सदस्य रहेको प्रतिनिधि सभामा सभामुख जित्न १ सय ३८ मत आवश्यक पर्छ। 

रानामगरको प्रस्तावकमा रास्वपाकै सोबिता गौतम थिइन् भने समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रका नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन थिए।

यादवको प्रस्तावकमा कांग्रेस सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला थिए। 

राष्ट्रिय स्वतन्त्र पार्टीकी रानामगरलाई सत्ता गठबन्धनमा रहेका दलहरूले समर्थन गरेका थिए। यादवलाई भने कांग्रेसलगायत अन्य दलको समर्थन रहेको थियो। 

रानामगर राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेकी हुन्। 

प्रतिनिधिसभाको अर्को बैठक यही माघ १० गते मंगलबार अपराह्न १ बजे बस्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्