१२ असार २०८३, शुक्रबार

एउटा रेलमाथि अर्को रेल चढ्दा...

कात्तिक २०, २०७४
एउटा रेलमाथि अर्को रेल चढ्दा...
नयाँदिल्ली, ४ भदौ- भारतको उत्तर प्रदेशको मुजफ्फरपुरको कलिंग–उत्कल एक्सप्रेसको रेल लिकबाट बाहिर उछिट्टिएर दुर्घटना भएको छ । मुजफ्फरपुरको खतौलीनजिकै सो रेल लिकबाट उछिट्टिएर पाँचवटा डिब्बा अर्को रेलमाथि चढ्दा भीषण दुर्घटना भएको हो, राजधानी दैनिकमा खबर छ ।Fullscreen capture 8202017 73437 AM

दुर्घटनामा परी मृत्यु भएका कम्तीमा २३ जनाको शव निकालिएको भए पनि अन्य कति जनाको मृत्यु भयो भन्नेबारे यकिन विवरण आइसकेको छैन । प्रशासनले समेत सो दुर्घटनामा परी मृत्यु हुनेको यकिन पुष्टि गरेको छैन । सो घटनामा ४० घाइतेको उद्धार गरिएको छ ।

मुख्यमन्त्री योगी आदित्यनाथ घटनाबारे थप जानकारी लिन घटनास्थलमै गएका छन् । दिल्लीबाट एनडीआरएफको टोली र लखनउ, मेरठ र मुजफ्फरपुरबाट उद्धार टोली परिचालन गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्