
जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न स्थानबाट लुकाइछिपाई ल्याएको अवैध सामान बरामद गरेको छ । प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रवक्ता वसन्त पाठकका अनुसार शनिबार सो सामान बरामद गरिएको हो ।
उनका अनुसार प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर न.पा. ६ बसपार्क छेउस्थित भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलि ल्याउदैगरेको अन्दाजी ५० हजार रुपैंया बरावरको किराना सामान नियन्त्रणमा लिइएको छ । त्यसबारे आवश्यक कार्वाहीको लागी मेची भन्सार कार्यालय काकरभिट्टा बुझाइएको छ ।
त्यस्तै, हिजो शनिबार नै दमक न.पा. ७ पशुहाट डाँडास्थित भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलि ल्याउदैगरेको अन्दाजी एक लाख पचास हजार मुल्य बराबरको १३५ जोर जुत्ता नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी मेची भन्सार कार्यालय काकरभिट्ट बुझाइएको प्रहरीले जनाएको छ ।
सोहीअनुसार झापा र प्रहरीचौकी महारानीझोडाबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला झापा गौरादह न.पा. ४ मिलनचोकस्थित भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलि ल्याउदैगरेको अन्दाजी २८ हजार मुल्य बराबरको ७ बोरा चिनी (३५०के.जी.), करिब ४ हजार मुल्य बराबरको दुई कार्टनु बिडी नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी मेची भन्सार कार्यालय काकरभिट्टा बुझाइएको प्रवक्ता पाठकले बताए ।
त्यस्तै, ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर न.पा. ६ जेसिकाठ्याक स्थितबाट भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलि ल्याउदैगरेको अन्दाजी ५० हजार मुल्य बराबरको थानको कपडा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । त्यस्तै, भद्रपुर न.पा. वडा नं. ७ गार्मेन्ट चोकस्थित भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलि ल्याउदैगरेको अन्दाजी ३१ हजार ५०० मुल्य बराबरको ७ बोरा (३५०केजी) मैदा नियन्त्रणमा लिई आवस्यक कार्वाहीको लागी भद्रपुर भन्सार कार्यालय झापामा बुझाइएको पाठकले बताए ।