२२ जेठ २०८३, शुक्रबार
सडक दुर्घटना

सुर्खेतको झुप्राखोलामा जिप दुर्घटना, चार जनाको ज्यान गयो

सुर्खेतको झुप्राखोलामा जिप दुर्घटना, चार जनाको ज्यान गयो

सुर्खेतको झुप्राखोला नजिकमा आइतबार बिहान जिप दुर्घटना हुँदा चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ । जिप आज विहान साढे २ बजे दुर्घटना भएको हो । प्रहरीका अनुसार सुर्खेतको भेरीगंगा नगरपालिका छिन्चुबाट वीरेन्द्रनगरतर्फ आउँदैगरेको बा. प्र ०१०२६च ९२१३ नम्बरको डबल क्याप गाडी रत्न राजमार्गअन्तर्गत वीरेन्द्रनगर ११ झुप्राखोला नजिक दुर्घटना भएको  थियो ।  

प्रहरीका अनुसार सो गाडी अनियन्त्रित भई सडकबाट करिब ८० मिटर तल खसेको छ । दुर्घटनामा चालक वीरेन्द्रनगर नगरपालिका ७  निवासी २७ वर्षीय सागर शाही, दैलेखका डुङ्गेश्वर गाउँपालिका ५ का ३३ वर्षीय दीपन्द्रजंग शाही, दैलेखकै भगवतीमाई गाउँपालिका ५ का वर्ष ३१ का बबिन शाही र दैलेखकै गुराँस गाउँपालिका ३ का वर्ष ३६ का राजेन्द्र बीसीको मृत्यु भएको छ ।

दुर्घटना भएको जानकारी पाए लगत्तै घाइते अवस्थामा प्रहरीले उद्धार गरी उपचारका लागि घाइतेहरुलाई कर्णाली प्रदेश अस्पताल लगेको थियो । उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा दैलेखकै भैरवी गाउँपालिका ५ का २६ वर्षीय वीरेन्द्रराज शाही घाइते छन्। छातीमा चोट लागेका उनी बोल्न सक्ने अवस्थामा भएको प्रहरीले जनाएको छ । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना के कति कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्