०४ असार २०८३, बिहीबार

चीन र भारतका सेनाको भीडन्तको भिडियो वन्यो भाइरल

कात्तिक २०, २०७४
चीन र भारतका सेनाको भीडन्तको भिडियो वन्यो भाइरल
भारत र चीन पछिल्ला दिनमा सीमा विवादमा उल्झिएका छन् । डोकलाम र लद्दाक सीमामा भारतीय सैनिक र चिनियाँ सैनिक आमने सामने भएका छन् ।

केही दिन अघि लद्दाखको पेनगोइन क्षेत्रमा चीनका र भारतीय सेनाका जवानहरुबी भीडन्त र ढुंगा हानहान भएको थियो । जसमा दुवै पक्षका केही सेना घाइतेसमेत भएका थिए ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार चिनियाँ सेनालाई भारतीय सेनाले भारतीय भूमिमा छिर्नबाट रोकेका थिए जसको भिडियो भन्दै सामाजिक सञ्जाल र भारतीय सञ्चार माध्यममा प्रसारण भएका छन् । तर, उक्त भिडियोको आधिकारिकता पुष्टि हुन भने सकेको छैन ।

भिडियो नजिकको एक पहाड बाट खिचिएको देख्न सकिन्छ । उक्त भिडियो प्रस्ट नभएपनि बादविदा, धकेलाधकेल र भागाभाग भएको दुश्य देख्न सकिन्छ । भिडियोमा चीनको जस्तो देखिने रातो झण्डा बोकेर एक सैनिक अर्को क्षेत्रमा प्रवेश गर्न खोज्छन् ।
१६ जून देखि डोकलाममा भारत र चीनबीच विवाद चलिरहेको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार १५ अगस्टमा चिनियाँ सेना भारतको डोकलाम र लद्दाक सीमाबाट प्रवेश गर्न लागेका थिए । तर दुवै क्षेत्रबाट भारतीय सैनिकले उनीहरुलाई रोकेको भारतीय सञ्चार माध्यमहरुको दाबी छ ।

तर चिनियाँ सञ्चारमाध्यमहरुले भने सीमा क्षेत्रमा दुई पक्षाका सेनावीच कुनै झडप नभएको दाबी गरेको छ । उसले सीमामा शान्तीको पक्षमा आफूहरु रहेको भन्दै चिनियाँ सेना आफ्नो क्षेत्रको निगरानीमा रहेको बताएको छ । तर भारतलेको विदेश मन्त्रालयले भने दुवै देशका लोकक आर्मी कमाण्डरले त्यसपछि कुराकानी गरेको र दुवै तर्फबाट शान्ति कायम गर्ने सहमति भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्