०७ असार २०८३, आइतबार

रुसले धेरैअघि बनायो पानीमा दौडिने रकेट

कात्तिक २०, २०७४
रुसले धेरैअघि बनायो पानीमा दौडिने रकेट

काठमाडौं, ४ भदौ — आजकल संसारभरिका धनीहरूको आफ्नै विलासी याट (निजी सानो जहाज) हुन्छ । छुट्टी बिताउनका लागि धनीहरू यस्ता याट प्रयोग गर्छन् ।


तर तपाईंलाई सुन्दा आश्चर्य लाग्ला, रुसले सन् १९६० मै आफ्नो सेनाका लागि सयौं याट बनाएको थियो ।

शीतयुद्ध चलिरहेको बेलामा अमेरिका र रुसबीच नयाँ नयाँ प्रविधि भित्र्याउने होडबाजी थियो । त्यही अवसरमा रुसले यस्ता याट बनाएको थियो । यसको गति अत्यन्तै तीव्र हुनाले रिभर रकेट नाम दिइएको थियो ।

यसको डिजाइन सोरमोव्स्की जिल्लाको निजनी नोवगोरादस्थित क्रासनोए सोरमोव कारखानामा तयार गरिएको थियो ।

यसको निर्माण जलसेना र लालसेनाको निगरानीमा भएको थियो ।

हाइड्रोफाइल प्रविधिबाट बनेको याटको गति १५० किमी प्रति घन्टा थियो । त्यतिखेर यो अत्यन्तै उच्च गति मानिन्थ्यो ।

यही समयमा रुसले समुद्री शक्ति बढाउनका लागि आधुनिक पनडुब्बीहरू पनि छिटछिटो निर्माण गरिरहेको थियो ।

सन् १९५८ मा भोल्गा नदीमा यसको परीक्षण गरिएको थियो । यसले सात घन्टामा ४२० किमी दूरी पार गरेको थियो ।

त्यसपछि यसले सारा संसारको ध्यान खिच्यो । सफल परीक्षणपछि यसको नाम रिभर रकेट राखियो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्