१२ साउन २०८३, मंगलबार

मिलमा आगलागी, लाखौंको क्षति

मिलमा आगलागी, लाखौंको क्षति

अन्न कुटान पिसान गर्दैआएको एक मिलमा आगलागी हुँदा लाखौं मूल्य बरावरको क्षति भएको प्रहरीले जनाएको छ । गैंडाकोट नगरपालिका –८ बिजयचोकस्थित गैंडाकोट कृषिउपज केन्द्र तथा वितरण केन्द्रको कम्पाउण्डभित्र रहेको मिलमा मंगलबार आगलागी भएको हो ।

स्थानीय बिजय घिमिरेले सञ्चालन गरेको कृषि औजार कुटन पिसन, सानो मिल तथा मिलको पार्टस, हाते ट्रयाक्टर आदि राखेको गोदाममा आगलागी भएको छ । आगलागीका कारण तथा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्