०४ साउन २०८३, सोमबार

जनगणनाको पूर्ण विवरण फागुनमा सार्वजनिक हुने

जनगणनाको पूर्ण विवरण फागुनमा सार्वजनिक हुने

नेपालको पछिल्लो जनगणनाको वास्तविक तथ्यांक आगामी फागुनमा सार्वजनिक हुनेभएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार काम युद्धस्तरमा भइरहेकाले फागुन महिनाको पहिलो सातासम्म सबै प्रतिवेदन सार्वजनिक हुने बताएको छ । 

विभागले माघको अन्तिम वा फागुनको पहिलो हप्ता जनगणनाको अन्तिम विवरण सार्वजनिक गर्ने तयारी भएको जनाएको छ । अहिले प्रमाणिकरणको काम चलिरहेकाले फागुन पहिलो सातासम्म सार्वजनिक गर्ने तयारी भइरहेको छ विभागको भनाइ छ । विभागले प्रत्येक दश वर्षमा गरिने जनगणना “मेरो  गणना, मेरो सहभागिता” भन्ने नाराका साथ २०७८ साल कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म जनगणना संकलन अभियान सञ्चालन गरेको थियो । 

विभागले २०७८ साल माघ १२ गते जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गरेको थियो। प्रारम्भिक विवरण सार्वजनिक भएको एक वर्ष बित्दा पनि पूर्ण विवरण सार्वजनिक हुन सकेको छैन।  

विभागका प्रवक्ता मनोहर घिमिरेका अनुसार गत साल माघ १२ गते सार्वजनिक भएको विवरण अनुसार नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेको छ। पहिले सार्वजनिक भएको प्रारम्भिक विवरणमा घरधुरी समावेश नगरी गणकले तयार पारेको विवरणमा आधारित भएर नै नतिजा सार्वजनिक गरिएको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्