०५ साउन २०८३, मंगलबार

कर्मचारीसँग मिलेर नागरिकता बनाइदिन्छु भनी सेवाग्राहीसँग पैसा उठाउने बिचौलिया पक्राउ

कर्मचारीसँग मिलेर नागरिकता बनाइदिन्छु भनी सेवाग्राहीसँग पैसा उठाउने बिचौलिया पक्राउ

बिचौलियाको काम गरेको अभियोगमा धनुषा जिल्ला प्रशासन कार्यालयबाट एक बिचौलिया बनेर सर्वसाधारणलाई दुःख दिने एक जना पक्राउ परेका छन्। 

जनकपुरधाम उपमहानगरपालिका-१६ कपिलेश्वर बस्ने ३९ वर्षीय दीपक ठाकुरलाई जिल्ला प्रशासन कार्यालय धनुषाको गेट अगाडिबाट मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषामा नागरिकता, राहदानी बनाउन आउने सेवाग्राहीहरूलाई उनले सोही कार्यालयका कर्मचारीहरूसँग चिनजान रहेको र काम छिटो गराइदिन्छु भनी प्रतिव्यक्ति २ देखि ३ हजार रुपैयाँका दरले पैसा उठाउने गरेको सूचना आएपछि उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले ठाकुरलाई सेवाग्राहीसँग १ हजार ५ सय रुपैयाँ लिँदै गरेको अवस्थामा फेला पारेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। 

कमेन्ट गर्नुहोस्