बलिउड सुपरस्टार शाहरुख खानको फिल्म 'पठान' बुधवार सार्वजनिक भएसँगै विरोध प्रदर्शन कायम छन् ।
यस फिल्ममा पवित्र केसरी रंगलाई अश्लील रूपमा देखाइएको भन्दै हिन्दू संगठनहरूले विरोध गरिरहेका हुन् । त्यसैक्रममा बिहारको भागलपुरमा एउटा सिनेमाहलमा राखिएको फिल्मको पोस्टर मंगलवार च्यातेर जलाइएको छ ।
पोस्टर च्यात्ने युवकले ‘फिल्म चलेगा, हल जलेगा’ नारा पनि लगाएका छन् । उनका अनुसार, हिन्दूत्वमा कुनै पनि सम्झौता हुन सक्दैन ।
सनातन संस्कृतिलाई विरोध गर्ने जोकोहीलाई भागलपुर र पूरा भारतमा नसहने हिन्दू संगठनका सदस्यहरूले बताए ।
#WATCH | Bihar: A poster of the film 'Pathaan' was torn and burnt outside a cinema hall in Bhagalpur (24.01) pic.twitter.com/aIgUdxOl6a
— ANI (@ANI) January 24, 2023